Government of Nepal Logo
Government of Nepal Logo
Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda ,Makawanpur

Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda ,Makawanpur

बस्तिपुर–भुन्द्रुङ जोड्ने राप्ती खोला सडक पूल उद्घाटन सम्पन्न

2025-11-28

2025-11-28


3(3).jpeg Images :

मिति २०८२ मंसिर १३ गते, शनिबारका दिन एक उद्घाटन समारोहका बीच पूर्वाधार विकास कार्यालय, मकवानपुरवाट नवनिर्मित हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुर र मनहरी गाउँपालिका-३ भुन्द्रुङ जोड्ने राप्तीखोला पक्की पुलको बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँज्यू र  भौतिक पूर्वाधार विकास मन्त्री माननीय डा. दिनेशचन्द्र देवकोटाज्यू वाट संयुक्त रुपमा उद्घाटन तथा शिलालेख अनावरण भयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव ई. ईश्वरचन्द्र मरहट्टाज्यूको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायत उल्लेख्य संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो । पुल सञ्चालनमा आएसँगै वर्षौंदेखि वर्षायाममा अवरुद्ध हुने गरेको दुई पालिका बीचको सिधा आवागमन सहज भएको छ, जसले स्थानीय बासिन्दालाई कृषि उपजको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच स्थापित भएको छ ।

Notice


View all notices
Site Visited : page counter
Last Updated : 2082-08-29 00:05:12

© All Rights Reserved to Ministry of Physical Infrastructure Development