Government of Nepal Logo
Government of Nepal Logo
Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda ,Makawanpur

Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda ,Makawanpur

ऐतिहासिक अयोध्यापुरीको विकासबारे हेटौंडामा छलफल सम्पन्न

2025-11-26

2025-11-26


1(3).jpeg Images : ऐतिहासिक अयोध्यापुरीको विकासबारे हेटौंडामा छलफल सम्पन्न

आज मिति २०८२।०८।११ मा भौतिक पूर्वाधार विकास मन्त्रालयमा  माडी नगरपालिकाको ऐतिहासिक तथा पर्यटकीय स्थल अयोध्यापुरीको विकास र अन्य साझा चासोका विषयमा एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ। माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटाको प्रमुख उपस्थितिमा भएको उक्त बैठक एवम् छलफलमा सहरी विकास तथा भवन कार्यालय, मकवानपुरका  कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर भूपेन्द्र कुमार यादव सहित माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतो सहितको टोलीको सहभागिता रहेको थियो। बैठकमा अयोध्यापुरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गुरुयोजना, भौतिक पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणका साथै माडी नगरपालिका भित्रका अन्य विकास आयोजनाहरूलाई अगाडि बढाउने सम्बन्धमा विस्तृत छलफल भई सोको लागि प्रदेश र स्थानीय सरकारबीचको समन्वयलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

Notice


View all notices
Site Visited : page counter
Last Updated : 2082-08-29 00:05:12

© All Rights Reserved to Ministry of Physical Infrastructure Development